२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

टिपरको ठक्करबाट घाइते पैदलयात्रीको उपचारको क्रममा मृत्यु

शनिवार , श्रावण ९, २०८३

 चितवन /  चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकमा टिपरको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार गैंडाकोटबाट आउँदै गरेको ग १ क ४८८१ नम्बरको टिपरले नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका–६ निवासी ३५ वर्षीय मनोज पराजुलीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते पराजुलीको चितवन मेडिकल कलेजमा शनिबार उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न टिपर चालक भरतपुर–२९ निवासी ३२ वर्षीय सुमन चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट