२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

निट पेपर लिक  प्रकरण : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

शनिवार , श्रावण ९, २०८३

काठमाडौं / भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन् । निट परीक्षा पेपर लिक प्रकरणलाई लिएर उनीमाथि बढ्दो राजनीतिक दबाब र देशभर भइरहेको विरोध प्रदर्शनका बीच उनले प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

एक महिनादेखि दिल्लीको जन्तर–मन्तरसहित भारतका विभिन्न राज्यहरूमा प्रधानको राजीनामा माग गर्दै प्रदर्शन भइरहेको थियो। कक्रोच जनता पार्टी (सीजेपी) सहित विभिन्न समूहहरूले निट पेपर लिक प्रकरणमा नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले पद छाड्नुपर्ने माग गर्दै आएका थिए ।

राजीनामाबारे जानकारी दिँदै प्रधानले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जन्तर–मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानूनी जटिलतामा नफसोस्, हाम्रा विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने उद्देश्यका साथ मैले आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु ।’

यसअघि भारतीय राष्ट्रिय कांग्रेससहित विपक्षी दलहरूले पनि निट पेपर लिक प्रकरणमा सरकारको आलोचना गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट