२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

मोरङ बालिका मृत्यु प्रकरणमा मन्त्री सिता बादीको चासो

शनिवार , श्रावण ९, २०८३

काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले गम्भीर चासो व्यक्त गरेकी छन् ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ मन्त्री बादीले मोरङका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत संवाद गरी घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री बादीले घटनाको निष्पक्ष, द्रुत र प्रभावकारी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा घटनामा संलग्न जो–कोही भए पनि कानुनबमोजिम कडा कारबाही सुनिश्चित गर्न निर्देशन दिएकी छन् ।

उनले  पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। साथै, बालबालिकामाथि हुने हिंसा तथा अपराधप्रति सरकारको शून्य सहनशीलताको नीति रहेको उल्लेख गर्दै पीडितले न्याय पाउने वातावरण सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएकी छन् ।

चार वर्षीया बालिकाको मृत्युको घटनाले स्थानीय तहमा त्रास र चासो बढाइरहेका बेला सरकारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट