२०८३, श्रावण ९ गते

शनिवार, श्रावण ९ गते २०८३

रास्वपा सिन्धुपाल्चोकको अधिवेशन साउन २२ मा : पाँच उम्मेदवारबीच सभापतिको प्रतिस्पर्धा कायमै

शनिवार , श्रावण ९, २०८३

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको विवादका कारण स्थगित भएको जिल्ला अधिवेशन आगामी साउन २२ गते हुने भएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले यसअघि स्थगित गरिएको जिल्ला अधिवेशन फुकुवा गर्दै निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न निर्देशन दिएपछि नयाँ मिति तय गरिएको हो। आयोगले जिल्ला अधिवेशनअघि रोकिएको लिसंखु पाखर गाउँपालिकाको अधिवेशन पनि सम्पन्न गर्न निर्देशन दिएको छ ।

रास्वपाले देशभर जेठ २४ गते एकैसाथ जिल्ला अधिवेशन सुरु गरेको थियो । सोही क्रममा सिन्धुपाल्चोकमा उद्घाटन सत्र सम्पन्न भए पनि बन्दसत्र विवादका कारण हुन नसकेपछि अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको थियो ।

निर्वाचन समितिका अनुसार अधिवेशन स्थगित हुनुअघि सम्पन्न भएका सबै निर्वाचन प्रक्रिया यथावत रहनेछन्। उम्मेदवारी दर्तासहित सम्पन्न भइसकेका प्रक्रियालाई निरन्तरता दिइनेछ भने अब बाँकी निर्वाचन कार्यक्रम नयाँ कार्यतालिकाअनुसार अघि बढाइनेछ ।

सभापतिमा पाँच जनाको दाबी यथावत

जिल्ला सभापति पदका लागि यसअघि नै जेपी सिलवाल, चक्रपाणि सिग्देल, पासाङ तामाङ, दिलमान श्रेष्ठ र कुमार श्रेष्ठ ले उम्मेदवारी दर्ता गराएका छन् ।  स्थगित अधिवेशन पुनः सञ्चालन हुने निर्णयसँगै उनीहरूको उम्मेदवारी पनि यथावत रहने रास्वपा नेताहरुले जानकारी दिएका छन् ।  

सभापतिका प्रत्याशी जेपी सिलवालले केन्द्रीय निर्वाचन आयोगले मात्र नयाँ मिति घोषणा गरेको र अब अधिवेशनलाई सफल बनाउन आवश्यक छलफल अघि बढाइने बताए ।

सिलवालले भने–‘अहिलेसम्म नयाँ कुनै घटनाक्रम भएको छैन। केन्द्रीय समितिले भर्खरै नयाँ मिति घोषणा गरेको छ । अब अधिवेशन सफल बनाउन आवश्यक छलफल अघि बढाउँछौं ।’ 

e0b591ea-034f-4755-a8ed-839d708f1a18.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट