२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

आज २०८३ साल साउन १० गते आइतबार, आजको राशिफल कस्तो छ ?

आइतवार , श्रावण १०, २०८३

काठमाडौं । २०८३ साल साउन १० गते आइतबार सन् २०२६ जुलाई २६ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । आजको राशिफल कस्तो छ हेरौं । 

मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। लगानीको क्षेत्रमा नाफा हुनेछ। सहकर्मीको साथ र सहयोग प्राप्त हुनेछ । सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुने भएकाले सचेत बन्नुपर्नै छ ।

वृष : दिन सामान्य छ। साथीले असहयोग गर्नेछन् । व्यापारमा गरेको लगानी सुस्त हुनेछ। कुरा काट्ने साथी सक्रिय छन्। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ ।

मिथुन : निकै राम्रो दिन छ। बोलीका कारणले काम बन्नेछन् । राजनीतिक क्षेत्रमा षड्यन्त्रमा पर्ने जोखिम छ। परिवारको साथमा भने रमाइलो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्लाा ।

कर्कट : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। राजनीतिमा पहुँच विस्तार हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ । संकटमा अभिभावकको सुझाव लिनु उपयुक्त हुन्छ ।

सिंह : शुभ दिन रहेको छ ।  मन प्रशन्न रहने छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट हौसला मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् ।

कन्या : दिन सामान्य छ। खर्च बढ्नेछ । विपक्षीले साथ दिँदै गर्दा विश्वास पात्रसँग सचेत बन्नुपर्ने समय छ। राजनीतिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । परिवारमा संकट आइपर्ने छ ।

तुला : दिन राम्रो छ। प्रतिभा प्रदर्शन गर्ने दिन छ । काममा व्यस्त हुँदा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षा र व्यापारको क्षेत्रमा भने नाफा हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

वृश्चिक : धेरै राम्रो दिन छ । स्वास्थ्यमा सुधार हुनेछ। नयाँ कामको सुरुवात हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ । परिवारमा रमाइलो घुमघामको तय हुनेछ ।

धनु : आज प्रियजनसँगको भेटले मन प्रशन्न हुनेछ । रमाइलो भेटघाट तय हुनेछ । पारिवारिक मेलमिलापको योग रहेको छ । व्यापारमा नाफा हुनेछ ।

मकर : दिन सामान्य छ। विवाद बढ्नेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ। सम्भव भएसम्म राजनीतिबाट टाढा रहनु उचित हुन्छ। स्वास्थ्यले साथ दिए पनि सामाजिक क्षेत्रमा तपाईंको आलोचना हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

कुम्भ : दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। व्यापारमा प्रगति हुनेछ। मन उदास बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

मीन : आज सोचेका काम बन्ने दिन छ । सामाजिक र शिक्षाको क्षेत्रमा सुधारका संकेत देखिने छन्। खर्च बढ्ने छ। परिवारमा भने खटपटी हुने देखिन्छ । व्यापारमा नाफा आर्जन गर्ने दिन छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट