२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

नेकपा एमालेले बोलायो सचिवालय बैठक

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । नेकपा एमालेले बिहीबारका लागि सचिवालय बैठक बोलाएको छ।

बैठक भोलि दिउँसो १ बजे बस्ने गरी आह्वान भएको स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार पोलिटब्यूरो र केन्द्रीय कमिटीमा पेश गर्ने एजेण्डाको विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो। साउन २ र ५ गते एमालेको पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्दैछ ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका लागि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट