२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

रसुवागढी बाढीमा भएको क्षतिको जिम्मेवार चीन : सांसद खान

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रतिनिधिसभाका सदस्य अब्दुल खानले चीन सरकारले पूर्वजानकारी नदिँदा रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद खानले रसुवा जिल्लाको रसुवागढीमा असार २४ गते आएको बाढीले पुर्याएको जनधनको क्षतिप्रति चीन सरकारले जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

नेपाल–चीन सीमास्थित रसुवागढीम अचानक आएको बाढीले ठूलो विध्वंश मचाउनुको सार्थ जनधनको क्षति भएको थियो । सो बाढी छिमेकी तिब्बतबाट उत्पन्न भई रसुवागढी शहरको प्रमुख हिस्सामा बाढी आएको थियो ।

चीनले यदि समयमै पूर्वचेतावनी दिएको भए जल नियन्त्रित गर्न सकिन्थ्यो र उद्धार कार्य तथा बचाउन गर्न सकिन्थ्यो भन्दै सांसद खानले यसको जिम्मेवारी चीनले लिनुपर्ने बताए ।

‘हाल मेरो बर्दिया जिल्लाको मेरै क्षेत्रको २ वटा पालिकामा चिन्ता तथा शोकको बादल छाएको छ, कामको शिलशिलामा आफ्नो परिवारको भविष्य खोज्न रसुवा जिल्लाको रसुवगढीमा पुगेका थिए, अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) अनुसार तिब्बत स्थित ‘सुप्राग्लेसियल’ ताल फुटेर बाढी आएर रसुवागढी जलविद्युत आयोजनामा कार्यरत बर्दिया जिल्लाको बाराबर्दिया नगरपालिका वार्ड नं १० को फेनापती र गुमस्ता गाउँ निवासी ३६ वर्षीय जिप्पन चौधरी,३५ वर्षीय सन्तोष दैईत र २५ वर्षीय बुद्धिराम थारु रहेको थिए भने त्यस्तै बढैयाताल गाउँपालिका वार्ड नं ६ भदैहि गाउँ निवासी २४ वर्षे लक्ष्मण नारायण चौधरी र ३० वर्षीय सुरेश थारु बेपत्ता भएका छन्,’ उनले भने ।

यसरी बेपत्ता हुनुको कारण परिवार, आफन्त तथा गाउँको हालत के होला भन्दै चिन्ता व्यक्त गर्दै उनले बाढीकोे कारण बेपत्ता भएकोले सरकारले उहाँहरुको अवस्थालाई सार्वजनिक गर्न जोडदार माग गरेका छन् ।

यो बाढी पानी परेर नआएको भन्दै छिमेकी देश तिब्बतको लाङटाङ क्षेत्रमा रहेको ’सुप्राग्लेसियल’ ताल फुटेर उसको पानी बाढीकोे रूप लिइ रसुवामा तबाही मचाएको बताए । हालसम्म ९ जनाको शव भेटिसकेको छ र लगभग १८–१९ जनाको अवस्था अहिले अज्ञात रहेको छ ।

उनले भने, ‘बडो दुखत रूपमा भन्नु पर्दा चीन द्वारा नदीको प्रवाह ,वर्षको स्तर र मौसम सम्बन्धी स्थितको विषयमा कुनै प्रकारको पूर्व जानकारी नदिई अन्तर्राष्ट्रिय मापदण्डकोे विपरीत कार्य गरेको छ, तत्काल दुवै देशले संयुक्त रूपमा पूर्ण तदारुकताकोे साथ उद्धार कार्य जुट्नु पर्ने तर चीनले त्यस कार्यमा समेत विलम्ब गरेको पनि विभिन्न अनुसन्धानहरूले देखाइरहेका छन् ।’

यो घटनामा सयौं ईभी गाडी, ट्रक, कारहरु बगाएको छ र जलविधुत आयोजनामा समेत क्षति पुर्याएको छ । मितेरी पुलसहित दर्जनौं भौतिक संरचना पूर्णरूपमा ध्वस्त पारेको अवस्था छ ।

‘यसरी जन र धनको क्षती हुँदा क–कसले जिम्मा लिनुपर्ने ?,’ सांसद खानले प्रश्न गर्दै भनेका छन्, ‘जलवायु परिवर्तनको कारणले यदि यो घटना भएको छ भने चीनले र विश्वले जिम्मा लिनु पर्यो र नेपाललाई क्षतिपूर्ति दिनु पर्ने अन्तर्राष्ट्रिय व्यवस्था छ, साथै यस्ता घटनाहरू अब उप्रान्त नहुने चीन नेपालकोे संयुक्त रणनीतिमा र नीतिमा समेत सरकारको गम्भीर हुन एक दम आवश्यक रहेको छ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट