२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

हामीले भ्रष्टाचारमुक्त नेपाल चाहेका छौँ, भ्रष्टाचारी जो भएपनि कारबाही हुनुपर्छ : मन्त्री गुरुङ

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूहरुले भ्रष्टाचारमुक्त नेपाल चाहेको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरुले भ्रष्टाचारमुक्त नेपाल चाहेको र त्यसका लागि भ्रष्टाचार अन्त्य होस् भन्ने चाहेको बताए ।

उनले भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा कोही पदाधिकारी जो भएपनि त्यसमाथि कारबाही हुनुपर्ने बताए ।

निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे सञ्चारकर्मीसँग जवाफ दिँदै गुरुङले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेको बताए ।

उनले उनीमाथि अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने बताए ।

त्यस्तै, उनले एक वर्ष आफूहरूले कुनै दायाँबायाँ नभई र उतारचढाव नभई बिताएको बताए । उनले सरकारले एक वर्षको समयमा उपलब्धिमूलक कामहरू गरेको र अर्थतन्त्रलाई सही दिशामा ल्याएको बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट