२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

उद्योगी-व्यवसायीको सम्मानका लागि ‘कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन-सिआइपि अवार्ड’ प्रदान गरिने

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) ले नेपाली उद्योग, उद्योगी र व्यवसायीको सम्मानका लागि महत्वपूर्ण व्यावसायिक व्यक्ति (कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन–सिआइपि) अवार्ड दिने भएको छ ।

टिइपिसीले राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट निर्यातकर्ता, विदेशी आयातकर्ता, लगानीकर्ता, रोजगारदाता तथा व्यवसायीलाई उक्त अवार्डद्वारा सम्मान गर्ने भएको हो ।

टिइपिसी अवार्ड प्रदानयोग्य दाबेदारको सूची तयारीमा जुटेको छ । त्यस्तै, टिइपिसीले कार्यविधिले तोकेको मापदण्डका आधारमा सम्भावित दाबेदारको नाम तयार गरेको छ ।

अब उक्त सूचीमा समावेश उद्योग, उद्योगी, व्यवसायी, रोजगारदाता र लगानीकर्ताको नाममा दाबी र विरोधका लागि सूचना प्रकाशन गर्नेछ भने टिइपिसीले १७ विधामा सम्मान गर्नेछ ।

टिइपिसीका अनुसार तेस्रो मुलुकतर्फ निकासी रकमका आधारमा अग्रस्थानमा रहेका पाँच निर्यातकर्ता–उद्योगी, भारत निर्यात रकमका आधारमा प्रथम र दोस्रो निर्यातकर्ता–उद्योगी सिआइपी अवार्डका लागि योग्य हुनेछन् ।

त्यस्तै, रकमका आधारमा सबैभन्दा धेरै हस्तकला निर्यातकर्ता–उद्योगी, रकमका आधारमा सबैभन्दा धेरै कृषिजन्य वस्तु तथा जडीबुटी निर्यात गर्ने निर्यातकर्ता–उद्योगी सिआइपी अवार्डका लागि योग्य हुने टिइपिसीले जनाएको छ ।

त्यस्तै, उद्योग स्थापना तथा सञ्चालनमा सबैभन्दा बढी लगानी गर्ने उत्पादनमूलक उद्योगका उद्योगी–व्यवसायी, सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्यमी–व्यवसायी, बैंकिङ च्यानलमार्फत् सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने कम्पनीलाई सम्मान गरिनेछ ।

पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल, सबैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउने ट्राभल एजेन्सी र सबैभन्दा बढी कर बुझाउने कम्पनीले पनि सिआइपी सम्मान प्राप्त गर्ने सिआइपीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट