२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

एमालेले विधान संशोधनमा औपचारिक छलफल थाल्दै, आज पनि सचिवालय बैठक बस्ने

बिहिवार , श्रावण १, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टीको विधान महाधिवेशनको एजेण्डामा आजदेखि औपचारिक छलफल सुरू गर्दैछ । आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्दै छ ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसैको तयारीका लागि सचिवालय, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक बोलाइएको जनाइएको छ ।

बैठकमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् । राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने जनाएको छ ।

आजको सचिवालय बैठकमा उपाध्यक्ष पौडेलले तयार पारेको विधान संशोधनको खाकामाथि छलफल गर्ने तयारी छ ।

यो विधान महाधिवेशनमा ७० वर्षे उमेर हद र एउटै पदमा (पालिका भन्दा माथिको पदाधिकारीमा) लगातार दुईपटक बढी उम्मेदवार बन्न नपाउने एजेण्डा प्रमुख बन्ने स्रोत बताउँछ ।

स्रोतका अनुसार, पार्टी विधानको धारा ६४ अन्तर्गतको यी दुवै व्यवस्था हटाउने प्रस्ताव आजको सचिवालय बैठकमा ल्याउने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट