काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तथ्यलाई बंग्याएर आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले स्वार्थ समूहले गलत प्रचार गरेको दाबी गरेका छन्।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले आफूबारे सार्वजनिक भएको अडियो आफू र मन्त्रालयसँग सम्बन्धित नभएको समेत दाबी गरे ।
उनले भने, ‘मेरो नाम र परिवारसँग मुछेर स्वार्थ समूहले आफ्नो अभिष्ट पूरा गर्ने प्रयास गर्दैछन्। मेरो आवाज, मैले मागेको कुरा, भनेको कुरा, गर्दिन्छु भन्ने कुरा फेला पार्नुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु।’
पोखराको जग्गासँग जोडिएर मन्त्री अधिकारी पनि विवादमा मुछिएका छन् ।
प्रतिक्रिया दिनुहोस