काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
स्रोतका अनुसार, उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
उनीहरूबीच ३ बजेदेखि ५ बजेसम्म दुई घण्टा भेट भएको हो । प्रचण्ड र कोइरालाबिच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस