२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

उच्च अदालत विराटनगरको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक, २२ दिनमै १०६ मुद्दा फछ्र्यौट

बिहिवार , श्रावण १, २०८२

विराटनगर । उच्च अदालत विराटनगरले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । अदालतले बिहिबार पत्रकार सम्मेलन गरी एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।

उच्च अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा उच्च अदालत विराटनगरले कुल ६० दशमलव १७ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

अदालतले वार्षिक लक्ष्यका रूपमा ५ हजार ६ सय ६८ मुद्दा टुंग्याउने योजना राखेको भए पनि वर्षअन्त्यसम्म ५ हजार ७९ मुद्दा मात्र फछ्र्यौट भएको भट्टले जानकारी दिए ।

लगतको तुलनामा ६० दशमलव १७ प्रतिशत र लक्ष्यको तुलनामा ८९ दशमलव ६० प्रतिशत मुद्दा टुंग्याइनु अदालतको महत्वपूर्ण उपलब्धि मानिएको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले छोटो अवधिमै उदाहरणीय कार्यसम्पादन गरेका छन् । असार ५ गतेदेखि पदभार सम्हालेका भट्टराईले जम्मा २२ कार्यदिनमै १ सय ६ वटा मुद्दा फछ्र्यौट गरेका छन् । जुन अदालतकै तथ्यांक अनुसार निकै उच्च दर हो । उनले कार्यदिनका आधारमा ४ दशमलव ५९ प्रतिशत मुद्दा टुंग्याएका छन् ।

No description available.

अन्य न्यायाधीशहरूको कार्यसम्पादन पनि उल्लेखनीय देखिन्छ । न्यायाधीश ध्रुवराज नन्दले १ सय ६७ दिनमा १ हजार ७७ मुद्दा फछ्र्यौट गर्दै ७ दशमलव ४८ प्रतिशत दर हासिल गरे ।

न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यले १ सय ११ दिनमा ४ सय ६७ मुद्दा टुंग्याउँदै ४ दशमलव २१ प्रतिशत दरमा काम गरिन् ।

न्यायाधीश विमल सुवेदीले २ सय २६ दिनमा १ हजार १ सय ८२ मुद्दा फछ्र्यौट गर्दै ६ दशमलव शून्य ६ प्रतिशत दर पुर्याए ।

न्यायाधीश ममता खनालले सोही अवधिमा ८ सय ८८ मुद्दा टुंग्याउँदै ४ दशमलव ४६ प्रतिशत दर प्रकट गरिन् ।

न्यायाधीश श्रीधराकुमारी पुडासैनीले १ सय ९३ दिनमा ७ सय ३६ मुद्दा फछ्र्यौट गर्दै ४ दशमलव ४९ प्रतिशतको दर देखाइन् ।

न्यायाधीश राजेन्द्र अधिकारीले १ सय ७३ दिनमा ६ सय ६२ मुद्दा टुंग्याउँदै ४ दशमलव ६३ प्रतिशत दर कायम राखे ।

न्यायाधीश केशवप्रसाद बास्तोलाले २ सय ३८ दिनमा १ हजार २ सय ५७ मुद्दा फछ्र्यौट गर्दै ६ दशमलव शून्य ४ प्रतिशत दर हासिल गरे । संख्यात्मक हिसाबले सबैभन्दा बढी हो ।

न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीले २ सय २० दिनमा ९ सय ६५ मुद्दा फछ्र्यौट गर्दै ५ प्रतिशत दर कायम राखे ।

न्यायाधीश कृपासुर कार्कीले २ सय ५ दिनमा ९ सय १८ मुद्दा टुंग्याउँदै ५ दशमलव ३१ प्रतिशत दर पुर्याए ।

न्यायाधीश विष्णुप्रसाद अर्यालले १ सय ७४ दिनमा ८ सय १५ मुद्दा फछ्र्यौट गर्दै ५ दशमलव ७० प्रतिशत दर देखाए ।

न्यायाधीश नरेशकुमार चौधरीले २ सय ३४ दिनमा ७ सय ९७ मुद्दा टुंग्याउँदै ३ दशमलव ८९ प्रतिशत दरमा काम गरे ।

त्यस्तै, अवकाश पाएका र सरुवा भएका न्यायाधीशहरूले २ सय ८२ मुद्दा फछ्र्यौट गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट