२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

बामदेब गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, गौतमलाई तेस्रो वरियता दिने

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदैछ । राष्ट्रिय सभा गृहमा आज एकता घोषणा सभा हुन लागेको हो ।

एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले गत असार २७ गते हस्ताक्षर गरेका थिए ।

एकतापछि बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको नेताहरुले बताएका छन् ।

राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको नेताहरुले बताएका छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतले भंग गरेपछि बामदेव गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।

सुरुमा नेकपा एमालेमा जान खोजेका बामदेव पछि अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका कारण रोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट