२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

सौर्य एयरलाइन्स दुर्घटनाबारे जाँचबुझ आयोगले सार्वजनिक गर्यो अन्तिम प्रतिवेदन

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । गत वर्ष साउन ९ गते दुर्घटनाग्रस्त भएको सौर्य एयरलाइन्सको ९एन–एएमई जहाजसम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा प्रतिवेदन ग्रहण गर्दै मन्त्री पाण्डेले कुनै पनि पूर्व धारणा वा दबाबबिना आयोगले तयार पारेको निष्पक्ष प्रतिवेदन आएको बताए । आयोगले प्रतिवेदन बुझाए लगत्तै मन्त्रालयले आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सर्वसाधारणका लागि सार्वजनिकसमेत गरेको छ ।

गत वर्ष साउन ९ गते बुधबार काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो भने पाइलट मनीष शाक्यको जीवितै उद्धार गरिएको थियो ।

दुर्घटना भएको दिन नै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले विस्तृत अध्ययन, अनुसन्धान र विश्लेषणपछि प्रतिवेदन तयार पारेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट