काठमाडौं । सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको छ ।
शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गर्दै टेलिग्राम एप बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो। उक्त एपमार्फत अनलाइन फ्रड तथा मनी लाउन्डरिङ गरेको आरोप लगाइएको छ ।
प्राधिकरणको सूचनामा भनिएको छ, ‘अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउनेरबन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचना मार्फत निर्देशन गरिएको छ ।’
टेलिग्राम युवाबीच निकै लोकप्रिय एप हो ।
प्रतिक्रिया दिनुहोस