२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

भारी वर्षाको पूर्वानुमानसँगै तयारी अवस्थामा रहन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

आइतवार , श्रावण ४, २०८२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान विभागले दिउँसो देशका विभिन्न स्थानहरूमा धेरै भारी वर्षा हुने उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, "मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु।"

उनले भनेका छन्, सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।

मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु।

कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट