२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

गुगल म्यापमा धरहराको नाम परिवर्तन, धरहरा खोज्दा सेतो टावर

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । गुगल म्यापमा धरहराको नाम परिवर्तन भएको छ । अहिले गुगल सर्च वा गुगल म्यापमा धरहरा टाइप गर्दा लोकेसनमा सेतो टावर लेखिएको देख्न सकिन्छ ।

आइतबार बिहानदेखि म्यापमा परिवर्तित नाम देख्न सुरु भएको हो । यो कसले र किन गरियो भन्ने विषयमा खुल्न सकेको छैन । अहिले सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले धरहराको मौलिक नाम हराएको विषयलाई लिएर विभिन्न पोस्टहरू गरिरहेका छन् । यो पहिलो पटक भएको भने होइन । यो भन्दा अगाडि पनि यस्ता लोकेसनको नाम परिवर्तन गर्ने, व्यक्तिको नाम परिवर्तन गर्ने गतिविधि हुँदै आएको छ । गुगल म्यापमा लोकेसनको नाम परिवर्तन वा सम्पादन जोकोहीले पनि गर्न पाउँछन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफू निर्वाचित हुनु अघि देखिनै धरहरालाई सेतो टावर नाम दिदै आएका थिए । उनले दिएको उक्त नाम नै अहिले गुगल म्यापमा देखिएको हो ।

धरहराको निर्माण वि.सं. १८८२ सालमा भएको थियो । भीमसेन थापा प्रधानमन्त्री भएका बेलामा निर्माण गरिएकाले धरहरालाई ‘भीमसेन स्तम्भ’ पनि भनिन्छ। वि.सं.२०७२ सालको बिनासकारी महाभुकम्पमा परेर ढलेको थियो।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट