२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

विदेशमा रहेका नेपालीलाई मताधिकार दिने सर्वोच्चको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न फैसला कार्यान्वयन निर्देशनालयले निर्वाचन आयोगलाई ताकेता गरेको छ ।

फैसला कार्यान्वयन निर्देशनालयले गत बिहीबार निर्वाचन आयोगलाई पत्र लेख्दै वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने आदेश कार्यान्वयन गर्न ताकेता गरेको हो । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले सो ताकेताबारेको जानकारी दिएका हुन् ।

उनका अनुसार यसअघि नै विदेशबाट समेत मतदान गर्न पाउने कानुनी प्रावधान राख्ने गरी ऐन संशोधन विधेयक निर्वाच्न आयोगले गृहमन्त्रालयमा पठाइसकेको छ । फैसला कार्यान्वयन निर्देशनालयलको ताकेतापछि फेरि आयोगले यस्तो ताकेता आयो भनेर गृहमन्त्रालयलाई खबर गर्नेछ ।

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारी दिने गरी २०७४ चैत ७ मै कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट