२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

एनसीसीको केन्द्रीय सदस्यमा सूर्य लामिछानेको उम्मेद्धवारी, को हुन् लामिछाने ?

आइतवार , श्रावण ४, २०८२

टोकीयो । गैर आवासीय नेपाली संघ (एनआरएनए) चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आसन्न निर्वाचनमा संघमा आवद्ध सबै देशमा रहेका ग्रैह आवासीय नेपालीहरुको उम्मेदवारी दर्ता घोषणा क्रम चलेको छ ।

पछिल्ला दिन यता संघको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने रस्साकस्सी नै चलेको छ । झण्डै देशको आधा जनसंख्या विदेशका विभिन्न देशमा शिक्षा, रोजगारी तथा व्यवसायमा सक्रिय रहेका ग्रैह आवासीय नेपालीहरुको छाता संगठनका यी पदहरु निर्वाचित हुन निकै प्रतिस्पर्धा हुने गर्छ ।

संघको आवद्ध देशहरुमा चुनावी सरगर्मी बढिरहेकै बेला जापानबाट पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । यसैक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद जापान (एनसिसि) केन्द्रीय सदस्यमा बाग्लुङ्गका सूर्य लामिछानेको उम्मेद्धवारी दर्ता गरेका छन् ।

जापानमा दुई दशकदेखि विभिन्न पेशा, व्यवसायमा आवद्ध लामिछानेले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने दाबी गरेका छन् ।

No description available.

को हुन् सूर्य लामिछाने ?

गण्डकी प्रदेशको बागलुङ जिल्ला साविक बलेवा र हाल बागलुङ नगरपालिका वडा नं १३ खर्से डांँडामा जन्मिएका लामिछाने वैदेशिक रोजगारीको शिलशिलामा करिब २ दशक अगाडी जापान प्रवेश गरे । शुरुवाती क्षणमा विभिन्न पेशा रहेर काम गर्दै गए ।

आफ्नो मेहनत र साथीभाईको सहयोगबाट आफूलाई आर्थिक रुपमा बलियो बनाउंँदै लगेका लामिछाने विगत १२ वर्ष देखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन् । व्यवसायसंँगै सामाजिक काममा सक्रिय लामिछाने बागलुङ सेवा समाज जापान र बलेवा सेवा समाज जापानको संरक्षक समेत हुन् ।

जापानमा आफ्नो ब्यबसाय मार्फत उदाउनु भएका लामिछानेले नेपाली, इन्डियन ,जापानीज र थाई गरी झण्डै सय जनालाई रोजगारी प्रदान गर्दै आएका छन् । आफ्नो व्यवसायलाई छोटो समयमा उचाईमा पुर्याउन सफल लामिछाने गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापान (एनसिसि) को खुल्ला तर्फ केन्द्रीय सदस्य पदमा उमेद्वारी दिएका हुन् ।

“पारदर्शीता, खबरदारीता सबल एनआरएनए बनाउने मेरो प्रतिबद्दता” भन्ने नारालाई शिरोधार्य गर्दै उहांँले उम्मेदवारी दर्ता गरेका छन् । २०७४ सालमा देशमा आफ्नो शाखा फैलिएको गैरआवासीय नेपाली संघको एनसीसी जापान संग लामो समय देखि आबद्दता रहेता पनि लामिछाने यस पटक अरुले होइन आफै लागेर समाजको लागि केहि गरौ भन्ने सोचका साथ् अघि बढेको बताउँछन् ।

नेपाल फेस्टिवल, मानवसेवा आश्रम, जापान रेडक्रस सोसाइटी, नेपालमा भुकम्प पीडितलाइ आफ्नो आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आउनु भएका लामिछाने सहयोगी र धनी मनका रुपमा परिचित हुन् ।

त्यसैले पनि जापानबासी नेपाली समुदायमा उनले आफ्नो बेग्लै परिचय छवि बनाउन सफल भएका छन् । बाल्यकाल देखि नै सामाजिक क्षेत्रमा रुचि राख्ने सेवा नै धर्म हो भन्ने मन्त्रलाई अनुसरण गर्दै आर्थिक प्रगति भन्दा पनि सामाजिक क्षेत्रलाई आगामी दिनमा सामाजिक सेवालाई अगाडी बढाउने अठोट लिएका छन् ।

सरल, मिजासिला एवम शालिन स्वभावका साथै जो कसैसंग पनि सहज रुपमा मिल्न सक्ने लामिछानेले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको आसन्न १२ औ महाधिवेशनमा आफुलाइ खुल्ला केन्द्रिय सदस्यको रुपमा बिजयी गराईदिनु अनुरोध गरेका छन् ।

आफ्नो जित स्निश्चित भएमा जापानबासी नेपालीका सुख दुःखका सारथी बनेर उनीहरुको हक हित समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघका सदस्यहरुलाई एकपटक भोट दिएर जिताईदिन समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट