२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

इटहरीमा खोलामा डुबेर दुई बालकको मृत्यु

आइतवार , श्रावण ४, २०८२

इटहरी (सुनसरी) । इटहरीको ट्याङ्ग्राखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आज दिउँसो दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इटहरी–३ कल्याण चोकका आठ वर्षीय दीपसन चौधरी र सङ्खुवासभा चौनपुर घर भई हाल इटहरी–२ आफन्तकामा बस्ने ११ वर्षीय क्रिवास लिम्बू रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार खोलामा डुबेका दुवै जनालाई तत्काल उद्धार गरेर उपचारका लागि मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल पुर्याइएको थियो ।

अस्पताल पुर्याएको केहीबेरमै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका भण्डारीले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट