२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

कंचनपुरमा सबैभन्दा बढी वर्षा : सतर्कता अपनाउन आग्रह

सोमवार , श्रावण ५, २०८२

कंचनपुर । पछिल्ला तीन घण्टामा कंचनपुरमा सबैभन्दा धेरै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको महेन्द्रनगर स्थित हनुमाननगर मापन केन्द्रमा ४८दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ।

विभागले उक्त वर्षा देशभरकै सबैभन्दा बढी मापन भएकाले थप पानी पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यसैगरि विभागले सुचना जारी गर्दै हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

विभागले थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट