२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक अवरुद्ध

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाइँले जानकारी दिए ।

उनका अनुसार अनलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बररजैविक विवरणबाट प्रमाणीकरण सेवा र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरू अवरुद्ध भएका छन् ।

विभागले सरोकारवाला एवम् सेवाग्राहीको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशन गरी मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सुचारु हुने जनाएको छ । आइतबारदेखि नै उक्त सेवा रोकिएको विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण संकलन र वितरणसम्बन्धी कार्य अफलाइनमार्फत गर्न सकिने हुनाले सोही बमोजिम गर्ने गराउने व्यवस्था हुन सबै राष्ट्रिय परिचयपत्र सेवा इकाईहरूलाई जानकारी गराउँदै विभागले सो कार्यमा सहयोग गरिदिनुहुन सेवाग्राही सर्वसाधारण महानुभावहरूमा अनुरोध पनि गरेको छ ।

अफलाइनमार्फत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका सेवाग्राहीलाई अनलाइन सेवा सुचारु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत प्राप्त हुने सूचना अधिकारी सेढाइँले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट