२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध, ५ ठाउँमा एकतर्फी

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति पगेकाले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । पाँच ठाउँमा सडक एकतर्फी सन्चालनमा छन् । कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ ।

नेपाल प्रहरीले आज बिहान नौ बजे अध्यावधिक गरेको विवरणअनुसार संखुवासभाको भोटखोला गाउँपालिका ४ बरुणमा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

यसैगरी पाँचथरको फिदिम नगरपालिका ५ र हिलिहाङ गाउँपालिका ७ को संगमस्थल हेवाखोलामा बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ । पाँचथरकै तुम्वेवा गाउँपालिका २ मा पनि बाढीका कारण तमोर कोरिडोर अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यसैगरी कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका ३ तरङखोलामा बाढीका कारण बाटो अवरुद्ध छ । रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ र २ मा पनि पहिरोले गर्दा शहीद राजमार्ग अवरुद्ध छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ६ रिजिगारमा बाढीका कारण जाजरकोट डोल्पा भेरी कोरिडोर सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । काठमाडौंको टोखा नगरपालिका २ अविरल वर्षाका कारण सडमा क्षति हुँदा काठमाडौं–नुवाकोट सडकखण्ड एकतर्फी संचालनमा छ ।

यसैगरी बागलुङको गलकोट नगरपालिका ११ काउसेमा पहिरो झरेकाले मध्यपहाडी लोकमार्ग र बागलुङकै बागलुङ नगरपालिका १० दब्ल्याङमा पहिरो झरेकाले कालिगण्डकी कोरिडोर एकतर्फी संचालनमा छन् ।

रोल्पाको परिवर्तन गाउँपालिका ५ ग्रामजिममा र भुर्तिबाङमा पहिरोले गर्दा शहीद राजमार्ग एकतर्फी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट