२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

पूर्वमन्त्री गुप्तालाई सोधपुछका लागि अख्तियारले बोलायो

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ ।

अख्तियार स्रोतका अनुसार 'उनलाई उपस्थित हुनु भनेर आयोगमा बोलाइएको हो, अनुसन्धान टोलीले उनीसँग सोधपुछ गर्नेछ ।’ सोही क्रममा उनको आवाजको नमुना पनि लिने योजना अख्तियारको छ । तर, कहिले, कुन मितिमा बोलायो भन्नेबारे अख्तियारले आधिकारिक पुष्टि भनेको गरेको छैन ।

गतसाता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवाबारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ताबीचको अडियो बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट