२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । मंगलबार महिला तथा सामाजिक मामिला समिति, कानून, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगसँग छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट