काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले घुस नखाने राज्य व्यवस्था बनाउन नसकिनु दुर्भाग्य भएको बताएका छन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्यामा स्कुल अफ माक्सीज्मले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले यस्तो बताएका हुन् ।
उनले एमाले, माओवादीलाई कटाक्ष गर्दै क्रान्तिकारी पार्टी बनाउन सकिनु तर घुस नखाने राज्य व्यवस्था बनाउन नसकिनु दुर्भाग्य भएको बताए ।
उनले पछिल्लो ३५ वर्षमा देशमा व्यवस्थागत परिवर्तन भएपनि भ्रष्टाचार अन्त्य हुन नसकेको बताए । उनले विभिन्न समयमा भएका आन्दोलनबाट व्यवस्था परिवर्तन गरिएपनि सुशासन कायम हुन नसकेको बताए ।
दलाल पूँजीवादकै विरुद्ध लडेर आएका कम्युनिष्ट पार्टीहरु अहिले उनीहरुको शरणमा परेको भुसालले बताए ।
प्रतिक्रिया दिनुहोस