हेटौडा / बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रदेश सभाको सोमबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा कुल विनियोजनको ६६ प्रतिशत पुँजीगत तथा ३४ प्रतिशत चालु खर्चतर्फ छुट्याइएको छ ।
नयाँ बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा केही संकुचित देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको थियो । वागमती प्रदेशले पनि कर्मचारीहरुको तलबमा वृद्धि गरेको छ ।
प्रतिक्रिया दिनुहोस