२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

कर्णालीको ३५ अर्ब ४० करोडको बजेट सार्वजनिक : पूर्वाधारमा सबैभन्दा ठूलो लगानी

सोमवार , आषाढ १, २०८३

कर्णाली   / कर्णाली  प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले प्रदेशसभामा प्रस्तुत गरेको बजेट चालु वर्षको तुलनामा करिब ७ प्रतिशतले ठूलो रहेको बताएका छन् ।

बजेटमा विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै कुल विनियोजनको सबैभन्दा ठूलो हिस्सा पुँजीगत खर्चमा राखिएको छ। पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख रुपैयाँ छुट्याइएको छ भने चालु खर्चका लागि ८ अर्ब ६० करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनका लागि ५० करोड रुपैयाँ व्यवस्था गरिएको छ ।

आगामी वर्षको खर्च धान्न प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानलाई मुख्य आधार बनाएको छ। प्रदेशले आन्तरिक आम्दानीबाट ८५ करोड रुपैयाँभन्दा बढी उठाउने लक्ष्य पनि राखेको छ। यस्तै, चालु आर्थिक वर्षमा खर्च नभई बाँकी रहने रकमसमेत आगामी वर्षको स्रोतका रूपमा उपयोग गरिनेछ ।

प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय तहमार्फत सञ्चालन हुने कार्यक्रमका लागि १ अर्ब १५ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ। सरकारले रोजगारी सिर्जना, पूर्वाधार विस्तार र स्थानीय विकासलाई आगामी बजेटका प्रमुख प्राथमिकताका रूपमा अघि सारेको जनाएको छ।

हेर्नुहोस बजेट पुर्णपाठ

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट