काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लवले सरकारले अहिलेसम्म आफूहरूसँग भएको सहमति कार्यान्वयन नगरेको बताएका छन् ।
उनले प्रधानमन्त्री केपी ओलीले आफूहरूसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै आफूहरूसँग भएको सहमति कार्यान्वयन नगरे अब चुप नबस्ने चेतावनी दिए ।
मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘तीन बुँदे लागू गर्नुस् केपीजी । लागू गर्नुभएन भने तपाईँले सोचेजस्तो हुनेवाला छैन ।’
उनले कम्युनिस्ट आन्दोलनमा धेरै समीक्षासहित यहाँ आइपुगेको बताए ।
प्रतिक्रिया दिनुहोस