काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका मन्त्रीले गलत काम हुने बित्तिकै प्रधानमन्त्रीको टेबुलमा राजीनामा राखिदिने हिम्मत गर्नुपर्ने बताएका छन् ।
बीपी स्मृतिमा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
थापाले कांग्रेसका मन्त्रीले खल्तीमा राजीनामा बोकेर बस्नुपर्ने समेत बताए ।
उनले भ्रष्टाचार गर्ने नेता आफ्नो पार्टीकै भए पनि संरक्षण गर्न नहुने बताउँदै सार्वजनिक ओहोदामा रहँदै गर्दा कसैले बद्नियत राखेर भ्रष्टाचार गर्ने, ठग्ने काम गर्छ भने उसलाई जोगाउन नहुने बताए ।
थापाले शासनको सन्दर्भमा क्षमता बढाउनुपर्ने बताउँदै पार्टीका नेता कार्यकर्ताले उच्च नैतिकताको मानक सावित गर्नुपर्ने बताए ।
गलत भएको मान्छेलाई कुनै पनि समर्थन गर्न नहुने उनले बताए । कानुन शासन भएको देशमा कानुनले जे भन्छ त्यही हुनुपर्ने बीपी कोइरालाले सिकाएको कुरा भएको उनले स्पष्ट पारे ।
कांग्रेस पार्टीको दृष्टिकोण दायाँबायाँ हुन नहुने उनको भनाई छ । उनले सही र गलत भन्ने कुरा सबैले मिलेर बुझाउनुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस