२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रधानमन्त्री ओली प्रतिनिधि सभामा सम्बोधन गर्दै, प्रश्नोत्तर पनि आजै

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजेदेखि सुरू हुने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

आजै प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ। त्यसअघि उनले विशेष सम्बोधन गर्न लागेका हुन्।

प्रमुख सचेतक बर्तौलाका अनुसार सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले असार ३० गते प्रतिनिधि सभामा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको सम्बोधनका क्रममा उठाएका प्रश्नहरूको जबाफ दिने पनि प्रमुख सचेतक बर्तौलाले बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट