२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

रायो सागमा पुन: भेटियो अत्यधिक विषादी

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा पुन: अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

दोलखाबाट बिक्रीका लागि कालीमाटी ल्याइएको रायो सागमा बुधबार ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यसअघि २४ असारमा पनि भक्तपुरबाट बिक्रीका लागि ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत विषादी भेटिएको थियो ।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार तरकारी तथा फलफूल परीक्षण गर्दा बजारका १७ पसलको १७ थरी तरकारीमा विषादी भेटिएको हो ।

विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट