काठमाडौं । नेकपा माओवादी केन्द्रले घुस काण्डमा मुछिएका भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीलाई कारबाही गर्न माग गरेको छ ।
माओवादीका सांसद अमनलाल मोदीले आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै घुसको डिल गरेको अडिओमा मुछिएका एक जनालाई सरकारबाट हटाएर मात्रै नहुने बताए ।
उनले उक्त काण्डमा एउटा मन्त्रीलाई मात्रै फिर्ता बोलाइएको र त्यहीसँग जोडिएको अरु मन्त्रीहरूलाई कारबाही नगरेको भन्दै त्यसबारे सरकारको जवाफ माग गरे ।
प्रतिक्रिया दिनुहोस