२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

विद्या भण्डारीकी छोरी उषा किरणले भनिन् : ‘एमाले केन्द्रीय कमिटीको निर्णयबाट म अचम्मित छैन’

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषा किरणले नेकपा (एमाले) केन्द्रीय कमिटीको निर्णयबाट आफू अचम्मित नभएको प्रतिक्रिया दिएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएकी हुन् ।

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ । उषाले एमालेको उक्त निर्णय र त्यसमा पुग्न गरिएका तिगडमप्रति आफू अचम्मित नभएको बताइन् ।

उनले भनेकी छन्, ‘तपाईंहरूमध्ये कतिजना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अच्चमित छैन । म खुसी छु कि यो खुलारूपमा बाहिर आयो ।

उषाले केन्द्रीय कमिटी बैठकको निर्णयलाई ‘प्रकरण’को संज्ञा दिएकी छन् ।

यस्तो छ उनको स्टाटस् :

523488741_1125935766082624_8319057139929435531_n

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट