२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

नेपालमा कस्तो अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा बहस गर्न जरुरी छ : माधव नेपाल

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा कस्तो किसिमको अर्थतन्त्र, आर्थिक नीति अवलम्वन गर्ने भन्नेमा बहस गर्न जरुरी रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले अहिले देशमा कम्युनिष्ट प्रधानमन्त्री नै रहेको तर देशमा परिणम आउने गरी काम गर्न नसकेको बताए ।

उनले अहिले पनि कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरिरहेको तर देशको अवस्था राम्रो नभएको बताए ।

उनले अझै पनि छाउपडी प्रथाको शिकार भएर मान्छे मर्नुपरेको बताउँदै कम्युनिष्ट पार्टीहरू भएको समाजमा त्यो प्रथा हटाउन नसक्नु विडम्वना भएको बताए । छुवाछुत, छाउपडी लगायतका प्रथा अन्त्य गर्न जागरण अभियानको जरुरी रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट