२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

जुनसुकै पार्टीका भए पनि महिला अगाडि आउँदा मलाई गर्व लाग्छ : अध्यक्ष प्रचण्ड

बुधवार , श्रावण ७, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रले महिला, दलित आदिवासी, जनजाति तथा पछाडि पारिएको वर्गको हक अधिकार स्थापित गर्न र उनीहरूलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

काठमाडौंमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल : एक तुलनात्मक अध्ययन’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘जुनसुकै दलका भए पनि महिलाहरू पदमा आउँदा मलाई गर्व लाग्छ, विद्रोहको औचित्य प्रमाणित भएको छ।’

उनले लामो त्याग, सङ्घर्ष तथा सहिदहरूको बलिदानका कारण मुलुकको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र त्यसले पछाडि परेका वर्गलाई अगाडि आउन महत्वपूर्ण योगदान गरेको स्मरण गरे।

अध्यक्ष दाहालले जाति भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान गर्न सकिएन भने देश सफल हुन नसक्ने बताए।

देश छाड्नुपर्छ, देशमा केही भएको छैन, सबै खत्तमै भयो भन्ने भ्रम छर्ने प्रवृत्तिविरूद्ध प्रतिवाद गर्ने औजारका रूपमा पुस्तक सार्वजनिक भएको टिप्पणी गरे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र अघिभन्दा गणतन्त्र आएपछि देशका धेरै क्षेत्रमा उल्लेख्य प्रगति भएको चर्चा गर्दै विकसित मुलुकको तुलनामा नेपालमा छिटो प्रगति भएको दाबी गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले गणतन्त्रलाई असफल पार्ने प्रयास भइरहेको र त्यसलाई सफल हुन दिन नहुनेमा जोड दिँदै गणतन्त्रका पक्षमा सबै एक हुनुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट