२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

देशभर बन्यो मनसुनी वायुको प्रभाव कमजोर, यी प्रदेशमा भारी बर्षाको सम्भावना

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।

बिहीबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

बिहीबार राति कोशी, मधेस र बागमतीलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशका पहाड र तराइ साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट