काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टेलिग्राम बन्द गरेपनि काठमाडौंस्थित रूसी दूतावासले भने यसको प्रयोगलाई निरन्तरता दिने जनाएको छ ।
एक सूचना जारी गर्दै दूतावासले आफूहरूको आधिकारिक टेलिग्राम च्यानल प्रयोग गरिरहेको जानकारी दिएको हो।
‘तर, नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र टेलिग्राम प्लेटफर्मलाई ब्लक गर्ने निर्णय गरेकाले हाम्रो एकाउन्टमा पहुँचमा अवरोध हुनसक्ने सम्भावना छ’, दूतावासले भनेको छ, ‘हामी स्थिर सञ्चार कायम गर्न र अपडेटहरु वैकल्पिक माध्यममार्फत दिन पनि हरेक प्रयास गरिरहेका छौँ।’ दूतावासले यसबाहेक अन्य सञ्जालमार्फत पनि सम्पर्क गर्न सक्ने जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले २ साउनमा सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो । त्यसपछि नेपालमा टेलिग्राम चल्न छाडेको छ । यस्तोमा काठमाडौंस्थित रुसी दूतावासले विकल्पका रुपमा रुसी सामाजिक सञ्जाल भीके प्रयोग गर्न समेत भनेको छ ।

प्रतिक्रिया दिनुहोस