काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोध आज पनि जारी रहेको छ । बुधबारको प्रतिनिधिसभामा रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरे ।
दुवै दल ५९ दिनदेखि प्रतिनिधि सभामा अवरोध गरिरहेका छन् । भिजिट भिसाका नाममा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन हुने गरेको भन्ने विषयमा अध्ययन गर्न उच्चस्तरीय न्यायीक आयोग गठन हुनुपर्ने उनीहरूको माग छ ।
प्रतिक्रिया दिनुहोस