काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले देशको अवस्था राम्रो नरहेको भन्दै सबैतिर बर्बाद भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् ।
देशको अवस्था राम्रो नरहेको भन्दै उनले भने, ‘देश यता पनि बर्बाद, उता पनि बर्बाद ।’
राज्य सञ्चालनको नेतृत्वमा रहेकाहरूले देशको अवस्थाप्रति ज्यादा गम्भीर बन्नुपर्ने उनले बताए । नेतृत्वमा रहेकाहरूबाट सकारात्मक व्यवहार पाउन नसकेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस