२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

नयाँ र कम्युनिष्टहरुले कांग्रेससँग सक्दैनन् : प्रवक्ता महत

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस नीतिगत र सैद्धान्तिक रूपमा वेस्ट पार्टी रहेको बताउँदै नयाँ र कम्युनिष्टहरुले नसक्ने दाबी गरेका छन् ।

बिपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नयाँ र कम्युनिष्टहरुले सक्दैनन्, हामी नै वेस्ट पार्टी हौँ। तर, यसलाई सुधार्न आवश्यक छ। एकीकृत भएर हामीले आफ्ना कुरालाई सामूहिक ढङ्गले राख्न सक्यौँ भने सफल हुन्छौँ।’

उनले कांग्रेसमाथि पनि केही गर्दैन भन्ने आरोप लागेको बताउँदै कांग्रेसले गरेको काम भनेर साध्य नै नभएको जिकिर गरे । ‘राजनीति क्षेत्र पनि उतै छन्, भोटका लागि सबै हुन्छ भन्छन्, यो हुन्छ यो यस कारणले हुँदैन भन्न सक्नुपर्छ। अहिले मूल राजनीति पार्टी कांग्रेसमाथि पनि केही गर्दैन भन्छन्, गर्न यति धेरै गरेको छ भनेर साध्य छैन।’ उनले भने, ‘तर, हामी एकले अर्कालाई समाप्त पार्नको लागि सामाजिक सञ्जालमा सक्रिय हुने, आफूले गरेको कुरा भन्दै नभन्ने, गर्ने कुरा पनि नभन्ने बरु अरूका कुरा टिपेर आफ्नै मान्छेहरूलाई आक्रमण गर्ने यो प्रवृत्ति छाड्नुपर्छ।’

सम्बोधनकै क्रममा उनले देशको अर्थतन्त्र र उत्पादन बढाउनको लागि सरकार र निजी क्षेत्र दुवै सुध्रिनुपर्ने बताए पनि बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट