२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

सरकार नैतिक जगमा अडिएको छैन, संवैधानिक प्रक्रियाको पालना गर्न खोजेन : सांसद घर्तीमगर

बिहिवार , श्रावण ८, २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले सरकार नैतिक जगमा नअडिएको तथा संवैधानिक प्रक्रियाको पालना गर्न नखोजेको भन्दै तीव्र आलोचना गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विधिको शासन, जनताको म्याण्डेट र संविधानको आत्मा उपेक्षित हुँदै गएको बताए ।

उनले वर्तमान सरकार संविधान, विधिको शासन र संसदीय अभ्यासको मूल मर्म विपरीत चलेको आरोप लगाए ।

उनले यो सरकार संवैधानिक प्रक्रियाको योजनाबद्ध र निर्लज्ज उल्लङ्घनमार्फत टिकाइएको सत्ताको दुर्गन्धित नमुना भएको बताए । प्रधानमन्त्री ओलीले संसद्लाई सिंहदरबारको कार्यक्षेत्र जस्तै बनाएको उनको आरोप छ ।

उनले सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिँदा समेत सरकारले जनतालाई स्थायित्वको भ्रममा राखेको बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट