काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
उनले भोलि (शुक्रबार) बिहान ९ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।
बैठकमा पदाधिकारी, पूर्वपदाधिकारीसहित सरकारमा रहेका केही मन्त्रीहरूलाई पनि बोलाइएको छ ।
उक्त बैठकमा पार्टीको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र समसमायिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस