धादिङ । नेपाली कांग्रेसका उपसभापति तथा पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा प्रतिशोध बढेर गएको बताएका छन् ।
नेपाली कांग्रेस धादिङका पुर्व जिल्ला सभापति, प्रजातन्त्र सेनानी एवम् जेष्ठ राजनितीज्ञ स्व. भरत प्रसाद उप्रेतीको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उपसभापति गुरुङले राजनीतिमा पार्टी भित्र र पार्टी बाहिर प्रतिस्पर्धा हुनुपर्नेमा पछिल्लो समय प्रतिशोध बढेर गएको बताए ।
बढ्दै गएको प्रतिशोधको राजनीतिलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा हटाउनु पर्ने विचार उनले व्यक्त गरे । शोकसभालाई सम्बोधन गर्ने क्रममा उनले मृत्यु भनेको शरीरबाट आत्मा छुट्टीनु भएको भन्दै विचार र आत्मा कहिल्यै नमर्ने धारणा राखे ।
विपिले प्रतिपादन गरेको विचारलाई कांग्रेसले आत्मासाथ गरेको भन्दै यहीँ विचारको सहि कार्यान्वयन गर्न सके स्वर्गीय भरत प्रसाद उप्रेती लगायतका नेताको सम्मान पुग्ने उनको धारणा थियो ।
प्रतिक्रिया दिनुहोस