२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध २७ लाख ५० हजारले गरे हस्ताक्षर

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध गरेको भन्दै २७ लाख ५० हजार ६७७ जनाले हस्ताक्षर गरेका छन् ।

सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध राखेको भन्दै रास्वपाले अहिले हस्ताक्षर अभियान चलाइरहेको छ ।

रास्वपाका नेता प्रमोद न्यौपानेका अनुसार अभियान थालेको एक महिनामा लामिछानेको पक्षमा २७ लाख ५० हजार ६७७ हस्ताक्षर आएको हो ।

त्यस्तै उक्त अभियानमा अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ आर्थिक संकलन भएको छ ।

रास्वपाले अहिले सभापति लामिछानेको अपिल लिएर हस्ताक्षर अभियान देशभरका वडा तहसँगै विदेशमा पनि चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट