२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सो विधेयक, २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो । सो विधेयकलाई राष्ट्रियसभाले २०८१ चैत ४ गते पारित गरेको थियो ।

यो विधेयक ‘आँखा स्वास्थ्य शिक्षाको क्षेत्रमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा प्रदान गर्न तथा नवीनतम् प्रविधिको विकास र विस्तार गरी आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालय स्थापना तथा सञ्चालन गर्नसँग सम्बन्धित’ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट