२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

देउवा निवासमा कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

बैठक बिहान ९ बजेका लागि बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

साथै भूमि विधेयक, निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड सम्वन्धी व्यवस्थामा भएको गडबडी लगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट