२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

समस्याग्रस्त ५ सहकारीका ऋणीलाई ऋण चुक्ता गर्न ताकेता

शुक्रवार , श्रावण ९, २०८२

काठमाडौं । समस्याग्रस्त घोषणा भएका पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ताकेता गरेको छ ।

समितिको कार्यालय काठमाडौंले आज सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न सुचना निकालेको हो ।

ती सहकारी संस्था समस्याग्रस्त घोषणा हुनुभन्दा एक दिन अघिसम्मको ऋण तिर्न ऋणीहरुलाई भनिएको हो । सिभिल बचत तथा ऋण सहकारी संस्था २०८० भदौ २१ गते, दर्शन बचत तथा ऋण सहकारी संस्था २०८१ कात्तिक ११ गते, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था , लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सुमेरु बचत तथा ऋण सहकारी संस्था २०८१ पुस २८ गते समस्याग्रस्त घोषणा भएका थिए ।

ती सहकारी संस्थाका ऋणीहरुले भदौ ३१ गतेभित्र पनि ऋण नबुझाएमा साँवा, ब्याज र हर्जानासमेत गणना गरी ऋण असुल गर्ने र ऋण असुली सम्बन्धी आवश्यक कानुनी काबारहीको प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

ऋणीहरुलाई सावाँ र ब्याज तिर्न यसअघि पटकपटक भनिए पनि सम्पर्कमा नआएको भन्दै समितिले आज राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट