काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अमेरिका प्रस्थान गरेका छन्। उनी 'उज्यालो नेपाल' अभियानका लागि त्यसतर्फ लागेका हुन् ।
शुक्रबार सामाजिक सञ्जालमा आफ्नो भ्रमणको कार्यतालिका सार्वजनिक गर्दै घिसिङले 'उज्यालो नेपाल' अभियान लिएर आफू आज अमेरिका प्रस्थान गरेको जानकारी दिएका हुन्। भ्रमणका क्रममा उनी अमेरिका, बेलायत र युरोपियन देशहरूको विभिन्न शहरहरूमा हुने कार्यक्रम तथा अन्तर्क्रियाहरूमा सहभागी हुनेछन्।
उनले विदेशमा रहने नेपाली डाएस्पोराका दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट तथा अनुभव साटासाट गर्ने समेत बताएका छन्।
यसअघि पनि घिसिङ मध्यपूर्व देशहरू ओमन, यूएई, कतारलगायतका देशहरू घुमेर आएका थिए।
यस्तो छ उनको भ्रमण तालिका :

प्रतिक्रिया दिनुहोस